आज निर्वाचन घोषणा गर्दै सरकार, अपरान्ह मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) अपरान्ह १ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो।

Advertisement

सत्ता गठबन्धनको हिजो (बुधबार) बसेको बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो। तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

More News last news
Loading...