मंकीपक्सबाट बच्न बिफरको खोप अनुमोदन

एजेन्सी । जापानले मंकीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मंकीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिफरको खोप मंकीपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । गत महिनाको अन्त्यमा २ जना आफ्ना नागरिक उक्त रोगबाट पीडित भएपछि सरकारले खोप प्रयोगको स्वीकृति दिएको हो ।

Advertisement

स्वास्थ्यकर्मी, प्रयोगशालाका कर्मचारी र स्वास्थ्य केन्द्रका कर्मचारीलाई खोप उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा निर्णय भई नसकेको उक्त मन्त्रालयले बताएको छ । देशमा बिफर विरुद्धको खोपको पर्याप्त मौज्दात रहेको पनि उक्त मन्त्रालयले जनाएको छ।

गत महिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आधिकारिक रूपमा मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

More News last news
Loading...