प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी, पदाधिकारीमा पनि इतर पक्षकै वर्चश्व

हेटौँडा । नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा संस्थापन इतर पक्षका शिव लम्साल विजयी भएका छन् ।

पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा पनि लम्साल प्यानलका उमेद्वार नै विजयी भएका छन् । लम्साल ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका थिए।

Advertisement

लम्सालले यसपटक भने संस्थापनकै उमेद्वार अनिता विन्दुलाई पराजित गरेका हुन्।

युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल भारी मतले विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी विजयी भएका छन्।

खुला उपाध्यक्षमा लम्साल प्यानलबाट नकुल अर्याल र संस्थापन पक्षका भिष्मराज ओझा विजयी भएका छन्।

यस्तै कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भएका छन्।

महिला उपाध्यक्षमा सलोजा दाहाल निर्वाचित भएकी छिन्।

यसैगरी, उप–महासचिवमा सर्वाधिक मत ल्याएर इतर पक्षका युवराज गौतम विजयी र कमल पन्त विजयी भएका छन् ।

More News last news
Loading...