युक्रेनी कम्पनीको कार्गो जहाज ग्रिसमा दुर्घटना

काठमाडौं l युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ।

त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ–१२ जहाज दुर्घटनामा परेको हो। यो जहाजले १२ हजार टन सामान बोकेको थियो।

Advertisement

जहाजमा कति मानिस थिए भन्ने एकिन भएको छैन। अधिकारीहरुका अनुसार विमानमा ८ जनाको बोर्डिङ भएको सामान्य जानकारी प्राप्त भएको छ।

जहाज दुर्घटनालगत्तै आगलागी भएको छ। ग्रिसको हवाई नियन्त्रण सम्बन्धी निकायले विमान चालकले इन्जिनमा खराबी आएको भन्दै आकस्मिक अवतरणका लागि सहयोग मागिरहेका थिए।

तर विमान रन–वे मा नपुग्दै दुर्घटनाग्रस्त भएको हो। सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका फुटेजमा विमान उडिरहेका बेला आगोको मुस्लो देखिएको थियो।

More News last news
Loading...