कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आजदेखि पदाधिकारीले धारणा राख्ने

काठमाडौं l नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार पनि बस्दैछ। दिउँसो १ बजे सुरु हुने बैठकमा पार्टीका पदाधिकारीहरूले बोल्ने क्रम सुरु हुने भएको छ।

सोमबार सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्। मुख्यगरी स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी र सरकारका कामलगायतका विषयमा सदस्यहरूले बोलिरहेका छन्।

Advertisement

यस्तै यो बैठकमा पार्टीका विभिन्न भ्रातृ संस्थाहरूको विधानलाई एकरूपता दिने विषमया पनि छलफल भइरहेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेता एनपी साउदको नेतृत्वमा गठन भएको विधानलाई एकत्रित गर्ने सम्बन्धी समितिको प्रतिवेदनमा पनि सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।

More News last news
Loading...