नेपालमा बढ्यो कोरोना संक्रमण, २४ घण्टामा २२९ संक्रमित थपिए, १४ जना आइसियूमा

काठमाडौं l गत २४ घन्टामा देशभर २ सय २९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्याको विवरणअनुसार ३ हजार ७१८ जना गरिएको परीक्षणमा २ सय २९ जनामा संक्रमण देखिएको हो।

आज ४८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार २८४ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा ७८६ जना, भक्तपुरमा १९ र ललितपुरमा ९० जना सक्रिय संक्रमित रहेका छन्।

Advertisement

देशभर हाल १४ जना संक्रमित आइसियू र १ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

More News last news
Loading...