उपसभामुख छान्न असार ३१ गते निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिनुभयो ।

Advertisement

साथै उहाँले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई उपभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशित गर्न निर्देशन दिनुभएको छ।

प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।

More News last news
Loading...