चन्द्रागिरि केबुलकार बिग्रँदा राष्ट्रियसभा अध्यक्षसहित १३० जना आधा घण्टासम्म अड्किए

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि केबुलकार केहीबेर बीचमै रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित केबुलकारमै अड्किएका छन्।

 

बुधबार दिउँसो केबलकारमा अड्किएका राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासहित १ सय ३० जनालाई झन्डै आधा घण्टापछि उद्धार गरिएको छ । दिउँसो पौने २ बजे विद्युतीय समस्या उत्पन्न भएपछि केबलकार रोकिएको थियो ।

Advertisement

‘पौने २ बजे आधा घण्टा केबलकार बन्द भयो । त्यस समय राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनासहित १ सय ३० जना त्यसमा फस्नुभएको थियो । इमर्जेन्सी विधिको प्रयोग गरेर उहाँहरुलाई ३० देखि ४५ मिनेटमा रेस्क्यु गरिएको थियो,’ डिएसपी डिल्लीनारायण पाण्डेले भने ।

उनका अनुसार टिकट काटेर भालेश्वर महादेव मन्दिर रहेको क्षेत्रमा पुगेका थप ४ सय ६६ जनालाई पनि प्रहरी परिचालन गरि‌एको थियो । ‘केबलकार बन्द हुँदा टिकट काटेर माथि जानु भएकाहरु समयमै फर्किन सक्नुभएन । उहाँहरुलाई पैदल चित्लाङ जाने बाटोतर्फबाट फर्काइयो,’ पाण्डेले भने, ‘केबलकार बन्द हुँदा धेरै जना माथि नै अड्किनु भएको थियो ।’

पाण्डेले कीर्तिपुर, काठमाडौं महानगर प्रहरी, नागढुंगा, बलुम्बबाट गरी १ सय ५० जना प्रहरी त्यस क्रममा परिचालन गरिएको बताए ।

More News last news
Loading...