इनड्राइभरको लापरबाही : दुर्घटनापछि राइडर फरार, कम्पनीको ‘नो रेसपोन्स’

काठमाडौं । राइड सेयरिङ एप इनड्राइभरले लापरबाही गरेको पाईएको छ । गत बिहीवार दिउँसो काठमाडौंको जडिबुटीमा एउटा दुर्घटना हुँदा इनड्राइभरले कुनै रेसपोन्स नै गरेन् ।

इनड्राइभरमा राइड सेयरिङको सेवाग्राही मेनुका गुरुङको उक्त घटनाका कारण खुट्टमा चोट लागेपछि सेवाग्राहीको प्राथमिक उपचार समेतमा ध्यान नदिइ ट्याक्सीको क्षती हेर्ने निहुँमा राइडर भागेको, दुर्घटना र ड्राइभरको लापरवाहीकाको गुनासो गर्नका लागि पटक–पटक इनड्राइभरमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क नभएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।

Advertisement

घटनाक्रमसँगै नेपालमा राइड सेयरीङ ब्यवसाय गरिरहेको इनड्राइभरले सेवाग्राहीप्रति गर्दै आएको लापरबाहीको बारेमा बुझ्न सकिन्छ । हुन् त इनड्राइभरको यो नै पहिलो लापरबाही भने होईन् ।

यसअघि पनि सामाजिक सञ्जालमा इनड्राइभरप्रति सेवाग्राहीका धेरै गुनासाहरु आउने गरेका छन् । इनड्राइभरको नेपालमा कुनै कार्यालय नहुनु, कस्टमर केयरले रेस्पोन्स नदिनु, बिमाको सुविधा नहुनु, कल सेन्टर सञ्चालनमा नआउनु लगायतका समस्याले इनड्राइभर राइड सेयरिङ असुरक्षित देखिएको सेवाग्राहीको गुनासो छ ।

More News last news
Loading...