दुरसञ्चार कम्पनी सञ्चालकमा शंकर लामिछाने निर्वाचित

काठमाडौं l दाङ दंगीशरण–५, हेकुलीका शंकर लामिछानेले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिवार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

Advertisement

उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

More News last news
Loading...