जनकपुरबाट भैरहवा आउदै गरेको बस रोहिणी खोलामा खस्यो, ३४ घाईते

भैरहवा l भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खसेको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका ३४ जना यात्रु घाईते भएका छन ।

जनकपुरबाट भैरहवा तर्फ आउदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचारको लागी भर्ना गरिएको छ ।

Advertisement

दुर्घटनाबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाईतेको उद्दार गरि अस्पताल पुर्‍याउने काम भएको बताए ।

चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेकाे पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन् । घाईते मध्ये २ जना बालक र ३ जना महिला रहेकाे बुझिएकाे छ ।

More News last news
Loading...