काठमाडौं महानगरको एक वडामा कांग्रेसले खोल्यो खाता

काठमाडौं महानगरको एक वडामा कांग्रेसले खाता खोलेको छ। काठमाडौंको वडा नम्बर ३० मा कांग्रेसले खाता खोलेको हो।

कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्।

Advertisement

कार्की ११४५ मतान्तरले विजयी भएका हुन्। यसअघि वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो। अहिले ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडामा मत जारी छ।

६५ हजार ८१ मत गन्दा अहिलेसम्म बालेनले २५ हजार १८५ मत पाएका छन्। स्थापितले १३ हजार ९८ मत पाएका छन् भने सिर्जनाले १२ हजार ४६० मत पाएकी छन्।

More News last news
Loading...