घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

दाङ l दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् ।

चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन । चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन ।

Advertisement

उपमेयरमा एमालेकी हुमा डिसी झिनो मतले निर्वाचित भएकी छ्न । डिसीले ३०४०३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत प्राप्त गरे ।

 

More News last news
Loading...