भरतपुर महानगरमा १३९३ मतले रेनु दाहालको अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधबार बिहानको मतपरिणामअनुसार दाहालले १३९३ मतको अग्रता बनाएकी छन् ।

हालसम्म ६ वटा वडाको २६२५८ मतगणना सम्पन्न हुँदा मेयरका उम्मेदवार रेनु दाहालले ९४४७ मत पाएकी छन् ।

Advertisement

यस्तै एमालेका विजय सुवेदी ८०५४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ४२६५ मत पाएका छन्।

More News last news
Loading...