काठमाडौ । सुर्खेतमा कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा आगजनी भएकाे छ ।निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको हाे ।
वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले शुक्रबार राती आगजनी गरेको हो । अज्ञात समूहले स्कर्पियो र मिनी बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचार प्रसारमा प्रयोग गर्दै आएको थियो । २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले बताएकाे छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
