काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा सोमवार बिहानै मेघ गर्जनसहित वर्षा भएको छ ।
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको पनि महाशाखले जनाएको छ। सोमवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
