रियलको सहज जित, बेन्जेमाले चुकाए दुई पेनाल्टी

काठमाडौं l ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

यद्यपि डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्‍याे । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे ।

Advertisement

बेन्जेमाले दोस्रो हाफको ५१औं र ५९ औं मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।

जितसँगै रियलले ३३ खेलबाट ७८ अंक सहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।

More News last news
Loading...