एमालेद्वारा विराटनगर महानगरपालिकाको मेयरमा पर्शुराम बस्नेतसहित ५ जना सिफारिस

काठमाडौं । ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई सर्वसम्मत सिफारिस गरेलगत्तै विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गर्ने नेकपा एमालेको दोस्रो महानगरपालिका कमिटी भएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा ललितपुर महानगरका इन्चार्ज ब्यञ्जनकार यसअघि पनि ललितपुर मेयरमा झिनो मतले पराजित भएका थिए, उनलाई पुनः ललितपुरमा सिफारिस गरिएलगत्तै विराटनगरले मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

Advertisement

गत शनिबार अबेरसम्म बसेको महानगर कमिटीको बैठकले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रिय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिएका छन ।

यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पुर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पुर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा ५ जना सिफारिस भएका हुन ।

ललितपुरका उपमेयरमा आस्था शाक्य र सरस्वती खडका आंकक्षी देखिएका छन भने बिराटनगरमा अञ्जु उपाध्याय, बिमला घिमिरे, शिल्पा कार्कीको नाम सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरिएको छ । महानगरका मेयर र उपमेयर भने एमाले केन्द्रिय कार्यालयले तय गर्ने निर्णय यसअघि नै भईसकेको छ ।

More News last news
Loading...