तेह्रथुम । नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाडले निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन कर्मचारी दिएका हुन्।
‘तेह्रथुम पर्यटकीय रूपमा सम्भावना बोकेको जिल्ला हो। पर्यटन क्षेत्रबाट आर्थिक क्रियाशील बनाउन चौबिसै घण्टा होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीले जिल्ला प्रशासनसँग समन्वय गरी सञ्चालन सक्ने छन्,’ उनले भने। तेह्रथुममा बुनेको ढाकाको चर्चा गर्दै ढाका उद्योगी व्यवसायीलाई व्यवसायको निरन्तरता दिन आग्रह गरे।
जिल्ला प्रशासन आधुनिक भवन निमार्णले प्रशासनिक कामकाजमा सहयोग र जनताको सेवामा प्रभाकारिता हुने गृहमन्त्री खाडले बताए। जिल्लामा एक बेडको अस्पताल निमार्णका लागि स्वास्थ्य मन्त्रालय प्रयासरत रहेको स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले बताए।
‘जिल्लाको सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति रहेको छ । यसलाई कार्यान्वयनमा ल्याउन लागि परेका छौं । देशका सबै स्थानीय तहमा ५ देखि १५ बेडको अस्पताल निमार्णमा स्वास्थ्य मन्त्रालय लागि परेको छ। प्रायजसो अस्पताल निमार्णको अगाडी बढाइरहेका छौं,’ उनले भने ।
जिल्लाको आर्थिक समृद्धिका लागी प्रचुर मात्रामा पर्यटकीय सम्भावना रहेकाले पूर्वाधार विकासको काममा आवश्यक पहल भइरहेको राज्यमन्त्री खापुङले चर्चा गरे।
जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सी बाहेक ९ करोड ९ लाख ५६ हजार ४ सय ६४ रुपैयाँ बराबरको लागतमा जिल्ला प्रशासन भवन निमार्ण कार्य सम्पन्न भएको हो। सहरी विकास तथा भवन कार्यालय धनकुटाको लागतमा भवन निमार्ण कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे बताए।
लामो समयसम्म जीर्ण भवनमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासनले नयाँ भवनबाट सेवा प्रवाह गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालयका साथै इलाका प्रशासन कार्यालय आठराईबाट प्रशासनको सेवा प्रवाह गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले बताए। नवनिर्मित भवनबाट सेवा लिन नागरिकलाई समेत सहज बनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
