आज काठमाडौँसहित देशका विभिन्न ठाउँमा वर्षा, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाडौँ । काठमाडौँको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको छ । केहीदिन यता काठमाडौँमा प्रदूषण पनि ह्वात्तै बढेको छ। तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ।

Advertisement

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

२०७८ चैत्र १६ गते (बुधबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र १७ गते (विहिबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

राती : प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भुभागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र १८ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

More News last news
Loading...