काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो ।
उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्री बनेका थिए ।
उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर सुरुवात गरेकी थिइन् ।
तर, केही समय राजनीतिबाट निष्कृय रहेकी करिश्मा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
