दाङ । यौन दुरव्यवहार काण्डमा सभामुख पद गुमाएका माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी पार्टी छाडेका छन् ।
माओवादीको दाङ जिल्ला कमिटीको जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै शर्माले पार्टी छाड्ने घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन् । शर्मा माओवादी केन्द्रको घोराही उप–महानगर कमिटीको अध्यक्षसमेत हुन् ।
‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु’, शर्माले भनेका छन्, ‘आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु ।’
उनले भनेका छन्, ‘जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउनेछु ।’ शर्माले माओवादीको दाङ जिल्ला कमिटीमा सचिव खोजेका थिए ।
सचिव पद विश्वराज आचार्य फुत्काएपछि शर्मा रिसाएर पार्टी छाड्ने निर्णयमा पुगेको चर्चा छ । माओवादीका नेता महरा दाङ– २ बाट सांसद भएसँगै शर्मा स्वकीय सचिवको काम गर्दै आएका थिए ।
शर्माकी पत्नी सीता चौधरीलाई माओवादीले गएको स्थानीय तहको निर्वाचनमा घोराही उप-महानगरमा उप-मेयरमा चुनाव लडाएका थियो । चौधरी पराजित गरेकी थिइन् । यद्यपि, महराले यौन दुरव्यवहारको प्रकरणमा अदालतबाट सफाइ पाएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
