रोटरीको सहयोगमा भलवारीमा खुल्यो डेन्टल सेन्टर

काठमाडौं । मुख तथा दन्त स्वास्थ्य सेवा उपलव्ध गराउने गरी तिलोत्तमा नगरपालिका ७ भलवारीमा रोटरी कान्तिपुर डेन्टल सेन्टर सञ्चालनमा आएको छ ।

रोटरी क्लव अफ काठमाडौँ नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लव अफ उकु जिंङजोङ डिस्ट्रिक ३४९२ र रोटरी इन्टरनेशनलको आर्थिक तथा बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा रोटरी कान्तिपुर डेन्टल सेन्टर सञ्चालनमा आएको हो ।

Advertisement

बुधबार भलवारीमा आयोजित उद्घाटन समारोहमा आरआई डिस्ट्रिक ३२९२ नेपाल भुटानको सन् २०२३/०२४ को लागि डिस्ट्रिक गभर्नर राजेन्द्र धोजुले शुभकामना दिदै यस क्षेत्रका जनताको मुख तथा दन्त स्वास्थ्यका लागि कोशेढुंगा सावित भएको बताए ।

कार्यक्रममा द रोटरी फाउन्डेशनका क्याडर राजेन्द्र लम्सालले रोटरीले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको कार्यको चर्चा गर्दै तिलोत्तमाका जनताले स्थानीय तहमै गुणस्तरीय उपचार पाउनु खुशीको कुरा भएको बताए ।

रोटरी क्लव अफ काठमाडौं नर्थका पास्ट प्रेसिडेन्ट एवं केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले रोटरीको ग्लोबल ग्राण्ड प्रोजेक्ट अन्तरगत भलवारीमा डेन्टल सेन्टर सञ्चालनमा आएको बताए ।

उनले यो प्रोजेक्ट अन्तरगर्त चार स्थानमा सेन्टर सञ्चालनमा ल्याइने भन्दै अहिलेसम्म दुईवटा सञ्चालनमा आएको बताए । यसअघि रोटरीले स्याङ्जाको गल्याङ नगरपालिकाको नगर अस्पतालमा केडीसीकै सहयोगमा दन्त विभाग सञ्चालनमा ल्याएको थियो ।

डा श्रेष्ठले बाँकी दुई स्थानमा छिटै सञ्चालनमा ल्याइने जनाए । उनले परियोजना अन्तरगर्त माघ महिनामा सामुदायिक विद्यालयका ५ हजार जना विद्यार्थीहरुको मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्ने र उनीहरुलाई मुख तथा दन्त स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको पनि सुनाए ।

More News last news
Loading...