ई-पासपोर्ट छिटो बनाउन गरेछन् यस्तो काम, एकै पटक १२ जना पक्राउ

काठमाडौँ । विद्युतिय पासपोर्ट (ई-पासपोर्ट) छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौँ रोल्पा माडी गाउँपालिका-१ का २९ वर्षीय अमृत थापा, रोल्पा माडी गाउँपालिका-४ का २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङ नगरपालिका-८ का ३० वर्षीय रञ्जित कार्की, म्याग्दी बेनि नगरपालिका-५ का ३३ वर्षीय रामजी परियार, ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई र पाल्पा पूर्व खोला गाउँपालिका-५ का ३३ वर्षीय जिवन कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै, रामेछाप गागल गाउँपालिका-८ का ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका-२ का रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ का २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली दुधौली नगरपालिका-६ का २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका-३ का २२ वर्षीय निरञ्जन तिवारी र धादिङ थाक्रे गाउँपालिका-४ का २४ वर्षीय मदन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ।

उनीहरूमाथि किर्ते गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ।

More News last news
Loading...