स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै एकीकृत समाजवादी

काठमाडौं l सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ। पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए।

सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ। तापनि दुई दिनभित्र बैठक बस्ने तयारीे भइरहेको खतिवडाले बताए। स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ।

Advertisement

गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारूढ अर्को दल नेकपा (माओवादी केन्द्र) को पनि जोड छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् ।

गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसकेका छन् । तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन ।

कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको हो ।

गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् ।

More News last news
Loading...