कमल थापाले गरे १० विभाग गठन, को-को तोकिए प्रमुख ?

काठमाडौँ । राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ । बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो ।

अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको छ । त्यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष विष्णु भण्डारीलाई, सचिवालय प्रमुखको जिम्मेवारी महामन्त्री भास्कर भद्रालाई दिइएको छ।

Advertisement

प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखको जिम्मेवारी महामन्त्री सुशीलकुमार श्रेष्ठ र कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री ईन्द्र चित्रकारलाई दिइएको छ।

यसैगरी, संगठन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री राजाराम बर्तौला, प्रचार विभाग प्रमुखको प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य राजकुमार खड्कालाई दिइएको छ।

यससँगै राप्रपा नेपालको बैठकले तीन महीनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । जिल्ला समिति गठन गर्न बाँकी रहेका जिल्लामा २१ दिनभित्र गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

More News last news
Loading...