भोलि (बिहीबार) देशभर सार्वजनिक बिदा

काठमाडौँ । नेपाल सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन पर्दछ । शेर्पा समुदायले भोलि बिहीबार नयाँ वर्षका रूपमा २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।

Advertisement

भोलिबाट मुसा वर्ष पूरा भई गाई वर्ष सुरु हुँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो। ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम गरी मनाइन्छ।

यसअघि गण्डकी प्रदेश सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिहीबार सरकार मातहातका सबै सरकारी कार्यालय, शिक्षणसंस्था, बैङ्क तथा वित्तीय संस्था बन्द रहनेछन् ।

More News last news
Loading...