धनगढी । नेपाली कांग्रेस कैलालीको १४ औं महाँधिवेसन अन्तरगत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानल सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समुह र शेखर कोइराल पक्षबाट १ गरी तीन समुहले प्यानल सहति उम्मेदवारी दर्ता गरएका छन् ।
संस्थापन पक्षबाटै सभापतिमा दावी गरेको भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट निवर्तमान कार्यवहाक सभापति प्रकाश बम, नारायणदत्त भट्टले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । कोइराला पक्षबाट रामबहादुर कलले टीम सहति उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
संस्थापन पक्षबाटै सभापतिमा दावी गर्दै आएका भीम बडुवालले नारायाण भट्टको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् । सोही समुहबाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस कैलालीको नेतृत्वका लागि सभापतिमा प्रकाश वम र नारायणदत्त भट्ट विच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । दुवै उम्मेदवारले आफुलाई ‘बुढानिल्कण्ठको आशिवार्द’ रहेको दावी गर्दै आएका छन् ।
नारायणदत्त भट्टलाई कांग्रेस केन्द्रिय सदस्य नृपबहादुर वड, शुशीला मिश्र भट्ट, राष्ट्रियसभा सदस्य नाराणदत्त मिश्र, केन्द्रिय सदस्य जीवन राना, इश्वरी न्यौपाने, प्रदेशसभा सदस्य रणबहादुर रावलको साथ देखिनछ ।
यसैगरी अर्का सभापतकिा आकांक्षि प्रकाश बमलाई निवर्तमान सभापति नरनारायण शाह मनुले साथ दिएका छन् । बमले पनि देउवाको आस्वासनकै कारण उम्मेदवारी दिएको बताएका छन् । उनको प्यालनबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, सहसचिवमा राजेन्द्र खड्का र कृष्ण पाण्डेयले उम्मेदवारी दिएका छन् ।
कांग्रेस कैलालीको नेतृत्वका लागि शेखर कोइराला समुहले पनि टीम सहित मनोनयन गरेको छ । सो प्यानलबाट उप–सभापतिमा यज्ञनीधि कोइराला, लोकराज पाण्डेय (आगो), सचिवमा देवानन्द जैशी (सुवेदी), नवराज जोशी, सहसचिवमा रबिन्द्र प्ताप सिंह, तिर्थराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
कोइराला पक्ष पहिलो चरणमा चुनाव लड्ने र पहलो चरणमा कसैको जीत नभए दोश्रो चरणमा अर्को समुहलाई समर्थन गर्ने रणनीतिमा देखिन्छ । दोश्रो चरणमा निर्वाचन हुने देखिएमा प्रकाश बमलाई समर्थन गर्ने नीति लगेको छ ।
तर अहिले सम्म खुलेर प्रकाश बमलाई समर्थन गर्ने जनाएको छैन । ‘हाम्रा मागलाई सम्बोधन गर्दै हातेमालो गर्ने प्रस्ताव आएको खण्डमा हामी राम्रो र पार्टीलाई बुझको प्यानल संग सहकार्य गर्न तयार छौं,’ कोइराला समुहका प्रचार–प्रसार संयोजक गणेश भण्डारीले भने, ‘त्यस वियामा छलफल भइरहेको छ ।’
तर पहिलो चरणमा आफ्नो प्यानलको बढी मत आएको खण्डमा भने चुनाव नै लडुनुपर्ने भन्दै उनले सो अवस्थामा अरुलाई सहयोगका लागि सहकार्य गरिने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
