काठमाडौं l नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले छलफललाई तीब्रता दिएका छन् । एमसीसी विवादले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेसँगै ठूला दुई दलले आपसी छलफललाई तीव्रता दिएका हुन् ।
बिहीबार दिउँसो भेट गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको थियो। एमाले अध्यक्ष ओली नेताहरूसहित प्रधानमन्त्री देउवासँग छलफलका लागि पुनः बालुवाटार पुगेका थिए।
ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ्ग सहभागी थिए। यता काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, उपसभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगनकुमार थापासहितका नेताहरू पनि सहभाागी थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
