माने र सलाह चम्किदा लिभरपुलको आधा दर्जन गोल, युनाइटेडलाई फाइदा

काठमाडौं l अट्याकर द्वय साडियो माने र मोहम्मद सलाह चम्किएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडलाई आधा दर्जन गोल गरेको छ ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै हाफमा ३-३ गोल हुँदा लिभरपुलले ६-० अन्तरको सहज जित निकाल्यो । लिभरपुलको जितमा माने र सलाहले दुई दुई गोल गर्दा जोएल माटिप र भान डाइकले एक एक गोल गरे ।

Advertisement

जितसंगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी तीन अंकमा झारेको छ । लिभरपुल २६ खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित लिड्स २५ खेलबाट २३ अंक सहित १५औं स्थानमा छ । सिटी भने २६ खेलबाट ६३ अंक सहित शीर्षस्थानमा छ ।

बुधबार राति भएको अन्य खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४-१ अन्तरले पराजित गर्दा वर्नलीले टोटनहमलाई १-० अन्तरले पराजित गर्यो ।

युनाइटेडलाई अवे गोलको फाइदा

युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी खेलेका छन् । स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो ।

सातौ मिनेटमा जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले अग्रता लियो । खेलको ८०औं मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ ।

राति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

More News last news
Loading...