काठमाडौं l प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन्।
सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन्। सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ।
एमसिसी संसद्मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्।
अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ ।
गठबन्धनको बैठक भोली बिहान बस्ने
सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो ।
कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
