बालुवाटारमा गठबन्धनको बैठक सुरु

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ। साथै गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ-आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ।

Advertisement

एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा नबस्ने बताउँदै आएको छ।

More News last news
Loading...