काठमाडौँ । नेपालमा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो।
६ हजार ७८२ नमुनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा र दुई हजार ९७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन्।
उनका अनुसार योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ।जसमध्ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन्।
उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा एक हजार ६०० जना कोरोना संक्रमणमुक्त हुँदा तीन जनाले ज्यान गुमाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
