काठमाडौं l सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय आएको हो ।
कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरेसँगै सरकारले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गर्न लागेको हो । तर, माओवादी केन्द्रले भने दलहरूबीचको सहमतिमात्र सो प्रस्ताव पेस गर्नुपर्ने निर्णय गरेको गुरुङले बताए । उनका अनुसार सरकार आफ्नो ढंगले अघि बढ्न खोजे गठबन्धन तोडिनेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
