नेपालको पासपोर्ट विश्वकै कमजोर, कुन देशको कति बलियो ?

काठमाडौँ । नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा परेको छ। पासपोर्ट वरियता जारी गर्ने हेनली एन्ड पार्टनर्सले २०२२ का लागि जारी गरेको सूचीमा नेपालको पासपोर्ट १ सय ५ औँ स्थानमा रहेको छ।

पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो। विभिन्न राष्ट्रले दिएको प्रवेशको सुविधा र अनअराइभल भिसा अनि भिसा लिएर जानुपर्ने राष्ट्रका आधारमा गरिएको मूल्यांकनमा आर्टन पार्टनर्सले सूचि गर्दै आएको छ।

Advertisement

नेपालको पासपोर्ट बंगलादेश, कोसोभो, लिबिया तथा उत्तर कोरियाभन्दा पनि कमजोर रहेको बुधबार जारी गरिएको बरियता सूचीमा उल्लेख छ। नेपाली पासपोर्ट बाहकले बिना भिसा ३७ देशको भ्रमण गर्न सक्छन्।

हेनलीको पासपोर्ट सूचीमा २०२२ का लागि पनि जापान र सिंगापुरको पासपोर्ट पुनः शीर्ष स्थानमा परेका छन्। यी दुई देशका नागरिक भिषाविना १ सय ९२ देशमा भ्रमण गर्न सक्छन्।

वरियतामा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालियाको १०६ र यमनको १०७औं स्थानमा छन्। पाकिस्तानी पासपोर्ट १०८औं स्थानमा छ।

पाकिस्तानी नागरिक बिना भिषा केवल ३१ देशको मात्रै भ्रमण गर्न सक्छन्। पाकिस्तानपछि सिरिया १०९, इराक ११० र अफगानिस्तान १११ स्थानमा रहेका छन्।

हेर्नुहोस् कुन देशको पासपोर्ट कति बलियो ?

More News last news
Loading...