कांग्रेस संसदीय दलको बैठक बस्दै, मुख्य एजेण्डा महाभियोग

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बिहान बस्दैछ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्न लागेको हो ।

Advertisement

आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ ।

त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् । गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ । एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो ।

More News last news
Loading...