गण्डकीमा ७४ सहित देशभर ७४७ मा संक्रमण पुष्टि, ८ को ज्यान गयो

काठमाडौं l नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन विधिबाट ८ हजार ६ सय ९३ जनाको परीक्षण गर्दा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार ३ सय १९ जना संक्रमण मुक्त भएका छन् । यससँगै ९ लाख ४० हजार ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ।

Advertisement

गण्डकीमा थप ७४ जनामा पुष्टि

गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा एक सय ८८ जनामा गरिएको नमुना परीक्षणमा ७४ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमित मध्ये ३८ महिला र ३६ पुरुष रहेका छन्।

प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए।

उनका अनुसार कास्कीमा २०, लमजुङ ११, तनहुँ ४, नवलपरासी पूर्व ७, स्याङ्जा ९ पर्वत २, बागलुङ ८, मनाङ ७ र म्याग्दीमा ६ जनामा सङ्क्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख एक हजार, पाँच सय १६ पुगेको छ।

गण्डकीमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार चार सय ५९ पुगेको छ। प्रदेशमा पछिल्लो चौबिस घण्टामा दुई सय ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।

गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९९ हजार ३३ पुगेको छ। प्रदेशमा अहिले होम आइसोलेसनमा नौ सय ९५ जना रहेका छन्। गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार, २४ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

More News last news
Loading...