कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ। बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

Advertisement

हिजो (बिहीबार) बाट शुरु भएको बैठकमा स्थानीय निर्वाचन मूल तयारी समिति ( संयोजक, घोषणा पत्र तयारी समिति ( संयोजक लगायत समितिहरु गठन गरिएको थियो । बैठकमा विभिन्न ९ वटा प्रस्तावमाथि छलफल पनि भएको छ ।

यी हुन् कांग्रेस बैठकमा छलफल भएका ९ प्रस्ताव

१) स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । त्यस क्रममा निम्नानुसारका समितिहरु गठन गरिएको छ l

• स्थानीय निर्वाचन मुल तयारी समिती – संयोजक र घोषणा पत्र तयारी समिति – संयोजक लगायत समितिहरु निम्नानुसार गठन) गरिएको छ

२) संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान
अघि बढाउने सम्बन्धमा ।

३) सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भातृ एवं शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने सम्बन्धमा ।

४) विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा ।

५) केहि नयाँ भ्रातृ एवं शुभेच्छक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा ।

६) १४ औं महाधिवेशन पश्चात् निश्चित गर्ने गरि अधिवेशन क्रममा थाति राखिएका कृयाशिल सदस्यहरुको व्यवस्थापन सम्बन्धमा ।

७) नयाँ कृयाशिल सदस्यता वितरण सम्बन्धमा ।

८) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

९) बाँकी जिल्ला (क्षेत्र र पालिका समेतको) अधिवेशनको नयाँ मिति घोषणा गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धमा ।

More News last news
Loading...