भोलिदेखि संसद् बैठक बस्दै, एमालेले अवरोध नगर्ने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।

सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो ।

Advertisement

भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध नगर्ने बताएको छ। गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि बोलाइएको बैठक भने अवरोध नगर्ने जनाएको हो।

एमालेले नेपाल लगायतका १४ सांसदलाई सभामुख सापकोटाले कारबाही नगरेको भन्दै ९ औँ अधिवेशनको पहिलो बैठकबाट संसदमा अवरोध गर्दै आएको छ।

आइतवार प्रधान मन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो।

More News last news
Loading...