काठमाडौं । निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापाले जानकारी दिए ।
अभिषेकका अनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
अर्घाखाँचीका राजनीतिक दलको निष्कर्ष : सरकार जनपक्षीय बन्नुपर्छ
अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरूले सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् । विप्लव नेतृत्वको नेकपा निकटका जनवर्गीय संगठनहरूले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको बृहत् अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेताहरूले सरकार ठिक ढंगले चल्न नसकेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले आयल निगममा नीतिगत भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने बताइरहँदा अन्य दलका नेताहरूले भने सरकारको आलोचना गरेका छन् ।
अर्घाखाँची चेम्वर अफ कमर्स, अर्घाखाँची उद्योग वाणिज्य संघका प्रतिनिधिसहित जिल्लामा रहेका सबै दलको सहभागितामा गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, नेकपा एमालेका जिल्ला उपसचिव शम्भुप्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका नेता देवबहादुर खड्का, नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती, जनता समाजवादीका नेता पुष्कर आचार्य, जनमोर्चा नेता भीमलाल पौडेलसहितका नेताहरुले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन खड्काको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सचिव अनिल नेपालीले सहजीकरण गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
