काठमाडौँ । सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको छ। त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।
३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा नकिायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्नेछन् ।
शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ । उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।
दरखास्तका साथ दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
कर्णाली लाेकसेवाले माग्याे ३७३ कर्मचारी
कर्णाली प्रदेश लाेकसेवा आयाेगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चाैथाे तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।
सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएकाे हाे ।
सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाती र मधेसी काेटामा सिट छुट्याइएकाे छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
