मेस्सीले लिगमा दोस्रो गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता

अफ्रिका कपको उपाधि सेनेगललाई

काठमाडौं l अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५-१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए । पीएसजीको यो सिजनको १७औं जित हो ।

पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक एक गोल गरे ।

Advertisement

यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन। यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ ।

अफ्रिका कपको उपाधि सेनेगललाई

पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहीत बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो । यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो ।

More News last news
Loading...