सत्ता गठबन्धनको निष्कर्ष, स्थानीय तहको चुनाव जेठभित्र

काठमाडौँ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

Advertisement

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।

स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।

विपक्षी दलविरुद्धको गठबन्धन हारको पराकाष्ठा

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमालेवरिुद्कोद्ध गठबन्धनले जित सुनिश्चित गरेको दाबी गरेका हुन् ।

‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’

रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।

More News last news
Loading...