काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय कार्यसम्पादन समितिमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, फर्मुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना), भिष्मराज आंङ्दम्बे, जीवन परियार, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधी, विजय गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला रहेका छन् ।
यसैगरी, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुनरनसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खांण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी, सुजता कोइराला, आनन्द ढुंगाना र जीवनबहादुर शाही सदस्यमा सेमेटिएका छन्।
सत्तारुढ दलका नेताहरुबीच भेटवार्ता
कांग्रेस बैठक बस्नुअघि सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो।
राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए।
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ।
तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्। एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
