गोकुल बास्कोटाकै वडाका ५० एमाले कार्यकर्ता नेकपा (एस) मा प्रवेश

काठमाडौं । नेकपा (एमाले) काभ्रेका केही नेता तथा कार्यकर्ताहरु आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मिनभवन, आलोकनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु आज पार्टी प्रवेश गरेका हुन् ।

Advertisement

एकीकृत समाजवादीका अनुसार काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले वडासचिवसहित ५० जनाले एमाले परित्याग गरे हुन्।

जुन एमाले नेता गोकुल बास्कोटाकाे वडा पर्दछ । नवप्रवेशसीहरुलाई नेकपा (एकीकृत समासजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका थिए ।

अध्यक्ष नेपालले स्वागत कार्यक्रममा तीनै तहको निर्वाचन एकैपटक हुनुपर्ने बताएका थिए । मुलुकको खर्च बचाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने उनको भनाइ थियो ।

More News last news
Loading...