काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । स्थानिय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।
माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भएपछि लामो समय देखी गठबन्धनको बैठक बस्न सकेको थिएन ।
दुवै नेता कोरोना संक्रमण् मुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो । सोही भेटवार्ता पछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाईएको हो ।
आज बस्ने गठबन्धनको बैठकले बैशाखमा सकेसम्म संसदीय निर्वाचन सम्भव नभए स्थानीय तहको निर्वाचन गर्ने तयारीमा छ । प्रमूख प्रतिपक्षी दल नेकपा एमालेले भने पहिला स्थानीय तहकै निर्वाचन नभए तीनै तहको निर्वाचन एकै पटक गर्न आग्रह गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
