माधव नेपाल पनि कोरोना सङ्क्रमित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको हिजो सोमवार कोरोना परीक्षण गरिएको थियो।

Advertisement

परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई आज मङ्गलवार कोरोना पुष्टि भएको हो । अहिले उनी घरमै आइसोलेशनमा बसिरहेका छन्।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पुष्टि भएको थियो । उनीहरू पनि होम आइसोलेशनमा रहेका छन्।

More News last news
Loading...