काठमाडौं । आइतबारदेखि काठमाडौंका स्थानीय तहबाटनै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएको छ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि काठमाडौंका स्थानीय तहबाट नै राष्ट्रिय परिचय पत्र बनाउन सकिने जनाएको हो ।
विभागका निर्देशक ललितकुमार बस्नेतले आइतबारदेखि काठमाडौंका स्थानीय तहबाट पनि सेवा दिएर भीड कम गर्न लागिएको बताए । तर विभागले अत्यावश्यक नभई अहिले राष्ट्रिय परिचय पत्र नबनाउन पनि आग्रह गरेको छ।
७७ जिल्लाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएकोले अहिले काठमाडौंमा भीडभाड नगर्न विभागले आग्रह गरेको हो।
मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि सिंहदरबार, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत ठाउँमा पछिल्लो समय भीडभाड बढेको छ।
सेवाग्राहीलाई सम्भव भएसम्म आफ्नै जिल्लाबाट सेवा लिन पनि विभागले आग्रह गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
