बालकोटमा कौसी खेती गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पत्ति

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ।

सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने। उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ ।

Advertisement

त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए।

त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए।

More News last news
Loading...