काठमाडौँ । १६ जिल्लामा रोकिएको नेपाली कांग्रेसको अधिवेशन यही पुस २७ गते हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाहरुको अधिवेशन पुस २७ मा गर्ने निर्णय गरेको हो।
केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी रोकिएका क्षेत्रमा अधिवेशन हुने जनाएको हो। प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो।
कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसके पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायत जिल्लामा अधिवेशन हुन सकेको छैन।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो। महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो।
यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
